निर्वैयक्तिक हुनुको पनि एउटा अन्तराल हुन्छ;
यता कठिन सपनाहरू कि उता जीवनका गोरेटाहरू
प्रकाशको किनारै-किनार गइरहेका अनेकौँ पाइतालाहरू
समाउँदै, आफूले भ्याउन नसकेका उचाइ र अग्लाइहरू;
म यसबेला कुनै बिम्व खोजूँ
तिमी यसबेला कुनै बिम्व खोज;
हत्केलाबाट चुहुन्जेल स्पर्श खोजिरहेर बाँचेका क्षणहरू
म र तिमी, तिमी र म;
खेतको डिलमा, भर्खरै जहाँ बाली काटिएको माटो गन्हाउँछ ।
अँगेना वा धुनीमा सल्काएको तन्नेरी आगो मसित बिउँझिरहन्छ
तापले दिग्गज छुन खोजिरहन्छ,
धेरै दिनपछि असमर्थताको कुरा
धेरै दिनअघि असमर्थताको कुरा,
आजको असमर्थताको कुरा,
हिसाबमा कसैको भूल छैन, तिमी पनि त्यस्तै भन्छौ;
यता मेरा सपना पराजित छन्, म भन्छु, जुन कुरा तिमी भन्दैनौ ।
एउटा अग्नि पराजित छ, कि जसले सल्काउन पाउँदैन
एउटा दाउरा पराजित छ, कि जसले सल्किन पाउँदैन ।
अग्नि म हुँ, सधैँ समिधा खोज्छु
समिधा तिमी हौ, बालिन खोज्छौ। यो तान्त्रिक आकाश !
किताबका अनेकौँ परिच्छेदहरू र कोठाहरू,
किताब पुछ्ने । यो बच्चा, म सम्झना गर्छु ।
एउटा विप्लवजस्तो लाग्छ किताब,
कि कुनैलाई पढ्न चाहँदिनँ ।
अब आदीश्वरको कुरा गर्दिनँ, किताबको कुरा गर्छु,
एउटा सिङ्गो मर्स्याङ्दी खोला बगेजस्तो हुँदो रहेछ किताब
हामी पर डिलमा हुँदा रहेछौँ,
कुनै नआएका अनुहारहरूका अनुहार खोल्दा रहेछौँ ।
बच्चा / किताब
म / तिमी,
डिल / आगो / फेरि आगो ।
सल्किन हामी बाध्य रहेछौँ ।
निर्वैयक्तिक हुनुको एउटा अन्तराल हुन्छ,
कृपया, तिमी मलाई चुस, सकिदेऊ, म सकिन चाहन्छु,
यहाँ त सूर्य छ / आँखा छ / म छु / तिमी छौ,
खोलेसा छ, आवाज छ/ईश्वर छ अझै;
म बाँकी रहन्छु
आज प्रत्येक व्यक्ति बाँकी रहन्छ ।
मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै
मेरो घरको पाती लाग्दै लागेन, बगेन पनि भन्दै
मलाई माया गर, म बहुलाउन लागेको छु ।
म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।
कथा भन । एउटा कथा भन । एउटा कथा भन । म विरुवा सार्न चाहन्छु ।
अनकन्टार वनको कुहिरो लाग्छ आज पनि मेरा घरका बलेँसीहरूमा ।
नितान्त बसेर मात्रै आपसमा कुरा गरिरहन्छौँ हामी
हवि र अग्नि / अग्नि र हवि,
अपर्याप्त जीवनहरू सँगसँगै बसेका हुन्छन्
तर बल्न सक्दैनन्
त्यसैले खरानी हुन पनि सक्दैनन्,
अनेकौँ दिनका प्रयत्न अपर्याप्त भएका हुन्छन्;
त्यसैले अनेकौँ दिनका शुद्ध अर्चनाहरू पनि अपर्याप्त भए ।
समीप पुगेका थियौँ हवि र अग्निझैँ,
सामीप्य तैपनि अपर्याप्त भए ।
ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो
ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो
परको त्यो हामीले भिजेको पर, यति थोरै समयमा
कति बिरानो भएछ ।
पूरा अर्काको भएछ ।
हामी सीमाना बाहिर भएछौँ । सल्किरहेको नदीको किनारा भएछौँ ।
सल्किरहेको अर्चना अझै बाँकी छ ।
अझै बाँकी छन् बिम्वका महलहरू र खण्डहरहरू ।
तर वेदीको तातोको छेउ घरि-घरि पुगिरहँदा पनि पोल्दो रहेछ ।
एउटा सिङ्गो घाम बोकेर हिँडिरहनु पनि गाह्रो हुँदो रहेछ ।
मेरा विरुवाहरू जहिलेसुकै यस्तै घाम र वेदीमा पर्छन्
डढ्न खोज्छन् ।
पात र हाँगाहरू काला झर्न खोज्छन्,
नियान्ता भएर कहिलेकाहीँ चीसो शीतलता पनि खोज्छन्
तर, नियति बल्नुबाहेक के रह्यो र, तैपनि
सल्किरहेको अर्चना अझै बाँकी छ ।
•
Tuesday, June 30, 2020
पर्वत
घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !
जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि !
उफ ! भाँच्चिएर लडिदिन्छन्
हिमालयका ढाडहरू….
आहाल-आहाल रात छादेर मेरो सडकमाथि ।
आकाशका भित्ता-भित्ता ठाकिँदै बजारिन्छ
प्रतिध्वनिको वज्र-
दौडदै गरेको रेलको छप्परमाथि मूल सडकमाथि !
ऐनाको चोइटाले थापेका रगतका टुक्राभित्र
डिब्बा-डिब्बा किच्चिएका
जिन्दगीका क्षणहरू…
भाँच्चिएको रेलको लिकमाथि
दनदनाउँदो आगोको मुस्लोभित्रबाट
म बटुल्छु, म बोक्दछु…
गोजीभित्र अनि काँधमाथि !
धेरै नानीहरूलाई स्कुलसम्म पुर्याएर
धेरै छोराहरूलाई सीमान्तको मोर्चासम्म पुर्याएर
धेरै बाबुहरूलाई अड्डादेखि घरसम्म फर्काएर
अब त थाकिसकेका बाटाहरू
अब त दुर्घटनामा टुक्रिएका सडकहरू
हो, यी सब सडकहरू
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको छु !
मेरो काँधमाथिबाट
मेरो प्रेमको घनत्व र आस्थाको उत्तापले
पाकेको जिन्दगीको लास
चोइटा-चोइटा किरणहरूमा चोइटिइएर खस्दछ
मेरो प्रत्येक पाइलाभित्र : मेरो सडकमाथि !
आँखा खस्दछ : यौटा रात सकिन्छ
अर्को आँखा खस्दछ : फेरी अर्को रात सकिन्छ
पैताला खस्दछ : एक खुट्टा बाटो भरिन्छ
पन्जा खस्दछ : पृथ्वीदेखि आकाशसम्म पुल टाँगिन्छ
दुई हात अँगालो खस्दछ :
असीमित आयतनमा धरतीमाथि
अनि इतिकासमा फेरि यौटा अर्को फाटक उघ्रिन्छ !
फाटकको निधारभरि
मानिसको जानकारीका निम्ति
धुपीका सिन्के पातहरूका माझ-माझ
हाँगाको आँख्ला-आँख्लाका आँखाहरूका अक्षरमा
समयले दौडी आएर लेखिदिन्छ : सूचनाका केही पङ्क्तिहरू
स्वागत छ- पर्वतारोहीलाई,
कलिला-कलिला पैतलालाई,
प्रत्येक जिन्दगीलाई !
अब प्रत्येक मान्छेले सुरु गरुन्
आ-आफ्नो यात्रा फेरि यहाँबाट,
यस फाटकबाट !
सूर्यलाई भरीकन
तेस्रो आँखाको ठूलो घुम्ने बल्बभित्र
उत्तानो समुन्द्रलाई दुवै हातमा टेकिदिएर
उभ्भिएको फाटकको टाङमुनिबाट
सार्क र ह्वेलको मत्स्य-आक्रमणबाट
तारतारी समुद्रिक डाँकूहरूको लुटपिटबाट
धनमाल र बचाएर जहाजलाई
अनि औंलामा उचालेर गोवर्द्धन
आफै पनि यस फाटकबाट
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुनछु !
अजकाल सपनामा सधैं
म पर्वत चढिरहेको हुन्छु !
फर्सीको जरा
अनन्त विडम्बनाले अनन्त हातले
अनन्त चिलले झम्टा मारेको
वर्तमान एक टुक्रा समय, रक्तचापको डिग्रीमा चढेको पारो
जसलाई पर्खिरहेछौँ, चल्ला बनेर।
………………………………
खल्वाट देखाएर विश्वास दिइरहेछु
पूर्व बिदा विश्वास, आउने विश्वास,
बाँचिरहेको विश्वास,
रंगका विश्वासै विश्वास हामी नै विशवास गर्न सक्तैनौं
विश्वास कहाँ टाँसिएको छ जरा भएर,
मलाई एक विश्वास भए पुग्छ
मलाई एक वर्तमान भए पुग्छ
आउने जाने त्यसैमा, अनन्तको अनुहार हेर्न
………………….
(किनकि समयहीन नै समय हिँडिरहेछ, सडकहीन सडकमा)
…………………
यो काँक्रो आफैं थाँक्रोसित पाकेको थाकेर
यसलाई टेबिलमा राख यसलाई टेबिलमा राख
यसलाई टेबिलमा बाँड भेला भएर।
हामी बितेका गीत हामी बितेका समय
भोज गर यसलाई टेबिलमा काट।
एक हतारमा हतार एक जीवनमा जीवन
हात फिँजाएको अनन्तमा ठीटलाग्दो विचार जे हामी
रोप्न लागेका छौँ,
नयाँ कोदालीले माटो नलागेको हातबाट (असफलताका)
वजनबिनाको डल्ला फोरेर
टेबिलको विश्वमा
फर्सीको शान्त बियाँ समयको बारीमा
अस्तित्वको वर्तमान शान्त बिउमा जहाँ पर्खिन सक्तछ
एक मात्र अनन्तका कानो गुदी,
… भोज गर…
……………….
लाटीले घुमाएको जाँतोमा पालो छाडेर वर्तमान दौडेको छ।
कानो गोरूको हरियो चौरमा निम्त्याएर वर्तमान फर्केको छ।
चट्टानले मिचेको अगेनोमा रोटी पोलेर वर्तमान लम्बेको छ।
छकिनबाट घटाउ गर अनन्त घट्टको तावा मात्र हो
काट भोज गर बितेको भुङ्ग्रेे रोटी टेबिलमा
किनकि अनन्तले हामीलाई छली चिलझैँ झम्टा मार्छ
भुत्ले नङ्ग्रा लिएर
यद्यपि हामी अनभिज्ञ छैनौँ परमाणुका लागि पनि
ज्ञानले चहचहाइरहेका चाहान्छु, तिमी जे… म जे
हरेक पदार्थ हरेक हरेक अर्थमा अर्थसित विभिन्न अर्थ
बिउजस्तै फराकिला बिउजस्तै फराकिला अनन्तजस्तै
सिङ्गै आकाशजस्तै धर्तीजस्तै समु›जस्तै
बिउजस्तै फरासिला।
………….
हामी माटो… हरेक अर्थ माटो अर्थ
………….
हुटिट्याउँको आकाशमाथि आकाश खस्तछ
मलाई हिँड्ने हिम्मत देऊ म फर्सीको मन्टा हुँ
मलाई घुसि्रन क्षितिज देऊ म तोरियाँको जरो हुँ
मलाई उभिन दिशा देऊ म पारिजातको थुतुनो हुँ
मलाई अनन्त फोर्न देऊ म आफैँ समय हुँ
हुटिट्याउँको आकाश अकासिन्छ
झुम्रोको फूल कोरलिनु प्रथम
हुटिट्याउँको आकाशे खुट्टा माटोमा उभिन्छ मलाई हिँड्न देऊ
अनन्त फोरेर
म फर्सीको मन्टा हुँ आकाश छेडिरहेको
म फर्सीको पात हुँ, क्षितिज उचालिरहेको,
म फर्सीको जरा हुँ पृथ्वी पक्रिरहेको।
हामी अनन्त हाँगा अनन्त जरा हामी अनन्त लहरा
मलाई हिँड्न देउ हुटिट्याउँको आकाश खसालेर,
म फर्सीको मन्टा हुँ म आफैं समय हुँ म आफैँ अनन्त हुँ
प्रुफ रिडर मेरो कानको कानेगुजीको पाप्रा
मेरो कानको कानेगुजी
पेपरवेटको पहाडमा लुकामारी
विचारमाथि विचार अभियान
मसीको अरालो उकालो
कागते कारखानाको स्वर
टाइपराइटरको पदचाप ध्वनि
………….
विश्वास नगर्ने मलाई काट र टेबिलमा…
—विश्वास गर। म फर्सीको जरा हुँ,
आकाश हुँ म, फर्सीको…
स्वर्ग र देवता
झरीको एक दिन थियो,
रुपौला किनारे विद्धुत सितारे रेशमी
बादलको घुम्टो हाली
पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,
जगबन्धु सूर्यले त्यो देखे ।
अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो
चियाए ।
सँधैकी सुत्केरी पृथ्वीका
गढेका कन्चट बसेको गाला खोक्रा कोखा सारामा
अश्रु सागर महासागर भरी भरी भै उर्लिरहेका,
आँखा-सजल खाल्डाबाट अश्रु नदीहरु बही रहेका,
सुस्ती वायुका हात खुट्टा पनि जलकणले सब भिजी रहेका,
जङ्गली कपाल, चट्टान-मस्तक, झम्के परेला बुटा बुटी,
शरीरभरका तृण-रोमकूप समेत आँसुले निथ्रुक्क भएका,
शैलशिखर निधारमा
अस्ताचलबाट हिंड्ने बेला हिजो बेलुकी पख मात्रै
आफूले लाइदिएको झल्कने सिन्दूर रङ्का
टीका सुद्धा मेट्टीरकेका ।
सूर्यले सोधे- “किन प्रिया ?
किन ? किन यसरी रोइरहेकी ?“
पृथ्वीले भनिन् कोकिल कण्ठले- “मैले सघाउन सकिन प्रिय,
हाम्रा बालकहरुलाई फकाउन फुल्याउन सकिन,
करोडौं मुहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु,
दूध पिउन छोडी ती सहोदरको
रगत चुस्न घोक्रोमा दाँत गाड्छन् !
छातीमा एकातिर
एक बालाको मृतलाश तेर्स्याई
अर्कातिर
अर्को स्तनपान गराइन भने मैले-
पुत्रशोकमा वक्षःस्थल सुकाउन लागें भने मैले
अर्को भोकै मर्दछ,
त्यसैले म मरेकालाई संझी रुन पनि भ्याउन्न
सबलाई पिठ्यूँमा बोकेर प्रिय सेवामा घुमी रहेछु,
एकछिन पनि फुर्सत छैन ।
हृदयमा दाह छ, कहिले कहिले ज्वालामुखबाट सुस्केरा
निस्कँदा पनि कैयन् सन्तान छटपटाई मरिदिन्छन् ।
मेरो यस्तो अवस्था छ, पुत्र पुत्रीहरु भने
धेरै जसो-
प्रायः –
चकचक गर्छन्, नाना लगाई धक्कु पिंजाईकन हिंड्दछन्,
खलबल गर्छन, झगडा गर्छन्, अनि पापाको निंति
लुछाचुडी खोसाखोस गर्छन्, अनि बाझ्छन्, जुध्छन्,
हात हालाहात गर्छन्, अनि चाचाको निंति
यस्तो खेल खेल्छन् जुन खेलहा हुन्छ रक्तपात लाखौंको ।
बालुवाकै घर बनाई
मन्दिर-मस्जिद-गिर्जा भन्दै
विभिन्न ममता बोकी मत्त भै
झगडा गर्छन्,
अनि मरुभूमिमा परेको आफ आफ्नो पाइला-छापका निंति
स्वदेश स्वजाति स्वधर्म भनीकन
आँखा चिम्ली तगडा गर्छन् –
यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको !
अदृष्य वस्तुको त्यै सैकतकणमा
कोही भिन्न भिन्न कल्पित रुप खिंच्छन्,
कोही खिंच्तैनन् ------- यत्तिकैमा –
अप्रमाणिक कुराहरुमा
एउटा विश्वास गर्छ अर्को गर्दैन - - - - यत्तिकैमा -
एउटा त्यो - - - - - खान्छ
एउटा त्यो - - - - - खाँदैन
यत्तिकैमा
मेरो छाती माथि रातो गङ्गा बहाउन आपसमा
काटाकाट मारामार गर्छन्,
यिनीहरुलाई सँझाउन
म असमर्थ भएँ,
शान्ति छ केवल एक थरीले हतियारमा साँद लाउन्जेल,
नत्र भने छ सदैव घृणाको भित्र भित्रै सल्किरहेको
आगो !-
मैले निभाउन सकिन ।
मेरो सिधा बच्चा पनि जन्मे
तर –
करोडौ पुच्छर डाँकामा थोरै सज्जनका बोली
त्यसै बिलाउँछन्, ती के गरुन् !
अधैर्यले म बौलाही भइसकें !
प्रिय, आई मलाई चुम्नोस्,
अनि आफ्ना छोराछोरी आफ्नै जिम्मा लैजानोस् !
मलाई लप्काले अँगाल्नोस् !
‘तमसोमा ज्योतिर्गमय ? “
सूर्यले -
“प्रिया, नरोऊ, धैर्य गर,
बालकहरु यस्तै हुन्छन्;
चाँडै यिनीहरु हुर्कलान् (हामी नमर्दै )
खेल र झगडा छोडी शान्तिसित पढ्लान्, जान्लान्
वैतरणीमा पौडी पौडी दुःखको पारी पुग्लान,
जसरी जल-अणुभित्र घुसी हाइड्रोजन अक्सिजन पाए,
जसरी हाइड्रोजनभित्र पसी प्रोठन र ईलेक्ट्रन पाए,
फेरि प्रोटन भित्र छिरी न्युटन र पोजिटनपाए,
उसरी नै इलेक्ट्रनको नाभिकण च्याती त्यस जगत् भित्र पसी
पक्री मूल विध्युत तत्वलाई आँगनमा नचाउन जान्नेछन्,
अनि प्रकाशको मूल तत्व फोटन फटाउन सक्नेछन्,
यस्ता शक्तिले विजय प्राप्त गरी हाइड्रोजन ध्वंसावशेष
सृष्टि किरणका सैन्यहरु तिनको अधीन भए पछि
हाम्री नातिनी जन्मली– दिवा !
स्वर्ग!
पृथ्वी, तिमी चाउरी परेकी छौ छ्याकटी छौ, उ चाहिं,
मखमली आरुको सतह भएकी पोटिली चिल्ली होली,
तिम्रो अनुहार कच्याक कुचुक्क छ, उ अत्यन्त राम्री होली,
तिमी थोती छौ, उसको दन्तहार स्फटिक नगर लहर होला,
तिम्रा स्तन कति शुष्क छन्, उसमा खनजोतै नगरी
कल्पवृक्ष लहलहाउलान्, उसमा सँधै प्रसन्न ऋतु होला,
तिमी यस्ती रोगी दुःखी, उ निरोगी सुखी होली,
तिमीमा मृतका प्रतिमा छन्, उसमा जीवित अमर मूर्ति होलान् ।
जब कोटि सूर्य समप्रभ अर्कै सूर उल्लाई वर मिल्ला
त्यहाँ हाम्रा पनाति देवताहरु जन्मलान्,
उनको आयु इलेक्टनकै जति अथवा इच्छामरण होला
जसको अगाडि रेडियमको आयु सत्र शय थोरै जँच्ला,
त्यो वेला ती सच्चिदानन्द भै सुख समाधिमा डुब्ने छन्,
अथवा हाम्रो कल्पनाभन्दा अनन्त गुना अगि बढ्ने छन्,
यसरी हाम्रा सन्तानले विकसित हुँदै हुँदै निरन्तर
कोटि कोटि जगका ब्रह्माण्डहरु कोरल्नेछन्,
बुढेसकालमा हामीलाई सन्तोष दिने छन्,
धन्दा नमान प्रिया !
नयाँ ………..
‘………….. सूर उदिते ……… !”
ती सब गाउन सक्ने छन् ।
पश्यम शरद्: शतम् !
जीवेम शरदः सहस्रम ।
भवेम शरदोर्बम् !
भूयसीः शरदो नन्तात् !’
‘सर्बे सन्ति नरामयाः !’
त्यो वेला ती हामीलाई स्वर्गको काखबाट देख्ने छन्,-
फुलेकी बूढी आमा पृथ्वी आफ्नी बहिनी चन्द्रमासित
बदली दोलाई ओढी
पुराना कुराहरु गरी रहेकी !
पिता म चीसो बूढो सूर्य त्यो नयाँ घाम तापिरहेको !
प्रिया, तसर्थ
स्वर्गको जन्मोत्सव मनाउने दिन
घर आउँदै छ !
पर्ख ।
अहिले –
कृष्ण राम अशोकहरु जस्ता तेजिला छोरा पायौ,
बुद्ध गाँधी ईशा जस्ता साधु पुत्रहरु पायौ,
फ्राई नाइटिङ्गेल हरिततारा झै जाती छोरी पनि पायौ,
शेक्सपियर मार्क्स आइन्स्टाइन् जस्ता प्रतिभाशाली कति पायौ
यी थोरै नाम हुन् यस्ता कतिले ससारमा रोई रोई
दिंदै आफ्ना जीवन परिचय माताको शङ्का धोई
हाम्रो नाम राखेको सम्झी
चित्त बुझाऊ !
आँसु पचाऊ !
सहू !
रहू !
है !”
यति भनी गालाको आँसु पुछिदिन लागे जब सूर्य
हिमाल दाँत देखाई पृथ्वी हाँसिन छर्दै माधुर्य ।
रुपौला किनारे विद्धुत सितारे रेशमी
बादलको घुम्टो हाली
पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,
जगबन्धु सूर्यले त्यो देखे ।
अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो
चियाए ।
गढेका कन्चट बसेको गाला खोक्रा कोखा सारामा
अश्रु सागर महासागर भरी भरी भै उर्लिरहेका,
आँखा-सजल खाल्डाबाट अश्रु नदीहरु बही रहेका,
सुस्ती वायुका हात खुट्टा पनि जलकणले सब भिजी रहेका,
जङ्गली कपाल, चट्टान-मस्तक, झम्के परेला बुटा बुटी,
शरीरभरका तृण-रोमकूप समेत आँसुले निथ्रुक्क भएका,
शैलशिखर निधारमा
अस्ताचलबाट हिंड्ने बेला हिजो बेलुकी पख मात्रै
आफूले लाइदिएको झल्कने सिन्दूर रङ्का
टीका सुद्धा मेट्टीरकेका ।
सूर्यले सोधे- “किन प्रिया ?
किन ? किन यसरी रोइरहेकी ?“
पृथ्वीले भनिन् कोकिल कण्ठले- “मैले सघाउन सकिन प्रिय,
हाम्रा बालकहरुलाई फकाउन फुल्याउन सकिन,
करोडौं मुहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु,
दूध पिउन छोडी ती सहोदरको
रगत चुस्न घोक्रोमा दाँत गाड्छन् !
छातीमा एकातिर
एक बालाको मृतलाश तेर्स्याई
अर्कातिर
अर्को स्तनपान गराइन भने मैले-
पुत्रशोकमा वक्षःस्थल सुकाउन लागें भने मैले
अर्को भोकै मर्दछ,
त्यसैले म मरेकालाई संझी रुन पनि भ्याउन्न
सबलाई पिठ्यूँमा बोकेर प्रिय सेवामा घुमी रहेछु,
एकछिन पनि फुर्सत छैन ।
हृदयमा दाह छ, कहिले कहिले ज्वालामुखबाट सुस्केरा
निस्कँदा पनि कैयन् सन्तान छटपटाई मरिदिन्छन् ।
मेरो यस्तो अवस्था छ, पुत्र पुत्रीहरु भने
धेरै जसो-
प्रायः –
चकचक गर्छन्, नाना लगाई धक्कु पिंजाईकन हिंड्दछन्,
खलबल गर्छन, झगडा गर्छन्, अनि पापाको निंति
लुछाचुडी खोसाखोस गर्छन्, अनि बाझ्छन्, जुध्छन्,
हात हालाहात गर्छन्, अनि चाचाको निंति
यस्तो खेल खेल्छन् जुन खेलहा हुन्छ रक्तपात लाखौंको ।
बालुवाकै घर बनाई
मन्दिर-मस्जिद-गिर्जा भन्दै
विभिन्न ममता बोकी मत्त भै
झगडा गर्छन्,
अनि मरुभूमिमा परेको आफ आफ्नो पाइला-छापका निंति
स्वदेश स्वजाति स्वधर्म भनीकन
आँखा चिम्ली तगडा गर्छन् –
यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको !
अदृष्य वस्तुको त्यै सैकतकणमा
कोही भिन्न भिन्न कल्पित रुप खिंच्छन्,
कोही खिंच्तैनन् ------- यत्तिकैमा –
अप्रमाणिक कुराहरुमा
एउटा विश्वास गर्छ अर्को गर्दैन - - - - यत्तिकैमा -
एउटा त्यो - - - - - खान्छ
एउटा त्यो - - - - - खाँदैन
यत्तिकैमा
मेरो छाती माथि रातो गङ्गा बहाउन आपसमा
काटाकाट मारामार गर्छन्,
यिनीहरुलाई सँझाउन
म असमर्थ भएँ,
शान्ति छ केवल एक थरीले हतियारमा साँद लाउन्जेल,
नत्र भने छ सदैव घृणाको भित्र भित्रै सल्किरहेको
आगो !-
मैले निभाउन सकिन ।
मेरो सिधा बच्चा पनि जन्मे
तर –
करोडौ पुच्छर डाँकामा थोरै सज्जनका बोली
त्यसै बिलाउँछन्, ती के गरुन् !
अधैर्यले म बौलाही भइसकें !
प्रिय, आई मलाई चुम्नोस्,
अनि आफ्ना छोराछोरी आफ्नै जिम्मा लैजानोस् !
मलाई लप्काले अँगाल्नोस् !
‘तमसोमा ज्योतिर्गमय ? “
सूर्यले -
“प्रिया, नरोऊ, धैर्य गर,
बालकहरु यस्तै हुन्छन्;
चाँडै यिनीहरु हुर्कलान् (हामी नमर्दै )
खेल र झगडा छोडी शान्तिसित पढ्लान्, जान्लान्
वैतरणीमा पौडी पौडी दुःखको पारी पुग्लान,
जसरी जल-अणुभित्र घुसी हाइड्रोजन अक्सिजन पाए,
जसरी हाइड्रोजनभित्र पसी प्रोठन र ईलेक्ट्रन पाए,
फेरि प्रोटन भित्र छिरी न्युटन र पोजिटनपाए,
उसरी नै इलेक्ट्रनको नाभिकण च्याती त्यस जगत् भित्र पसी
पक्री मूल विध्युत तत्वलाई आँगनमा नचाउन जान्नेछन्,
अनि प्रकाशको मूल तत्व फोटन फटाउन सक्नेछन्,
यस्ता शक्तिले विजय प्राप्त गरी हाइड्रोजन ध्वंसावशेष
सृष्टि किरणका सैन्यहरु तिनको अधीन भए पछि
हाम्री नातिनी जन्मली– दिवा !
स्वर्ग!
पृथ्वी, तिमी चाउरी परेकी छौ छ्याकटी छौ, उ चाहिं,
मखमली आरुको सतह भएकी पोटिली चिल्ली होली,
तिम्रो अनुहार कच्याक कुचुक्क छ, उ अत्यन्त राम्री होली,
तिमी थोती छौ, उसको दन्तहार स्फटिक नगर लहर होला,
तिम्रा स्तन कति शुष्क छन्, उसमा खनजोतै नगरी
कल्पवृक्ष लहलहाउलान्, उसमा सँधै प्रसन्न ऋतु होला,
तिमी यस्ती रोगी दुःखी, उ निरोगी सुखी होली,
तिमीमा मृतका प्रतिमा छन्, उसमा जीवित अमर मूर्ति होलान् ।
जब कोटि सूर्य समप्रभ अर्कै सूर उल्लाई वर मिल्ला
त्यहाँ हाम्रा पनाति देवताहरु जन्मलान्,
उनको आयु इलेक्टनकै जति अथवा इच्छामरण होला
जसको अगाडि रेडियमको आयु सत्र शय थोरै जँच्ला,
त्यो वेला ती सच्चिदानन्द भै सुख समाधिमा डुब्ने छन्,
अथवा हाम्रो कल्पनाभन्दा अनन्त गुना अगि बढ्ने छन्,
यसरी हाम्रा सन्तानले विकसित हुँदै हुँदै निरन्तर
कोटि कोटि जगका ब्रह्माण्डहरु कोरल्नेछन्,
बुढेसकालमा हामीलाई सन्तोष दिने छन्,
धन्दा नमान प्रिया !
नयाँ ………..
‘………….. सूर उदिते ……… !”
ती सब गाउन सक्ने छन् ।
पश्यम शरद्: शतम् !
जीवेम शरदः सहस्रम ।
भवेम शरदोर्बम् !
भूयसीः शरदो नन्तात् !’
‘सर्बे सन्ति नरामयाः !’
त्यो वेला ती हामीलाई स्वर्गको काखबाट देख्ने छन्,-
फुलेकी बूढी आमा पृथ्वी आफ्नी बहिनी चन्द्रमासित
बदली दोलाई ओढी
पुराना कुराहरु गरी रहेकी !
पिता म चीसो बूढो सूर्य त्यो नयाँ घाम तापिरहेको !
प्रिया, तसर्थ
स्वर्गको जन्मोत्सव मनाउने दिन
घर आउँदै छ !
पर्ख ।
अहिले –
कृष्ण राम अशोकहरु जस्ता तेजिला छोरा पायौ,
बुद्ध गाँधी ईशा जस्ता साधु पुत्रहरु पायौ,
फ्राई नाइटिङ्गेल हरिततारा झै जाती छोरी पनि पायौ,
शेक्सपियर मार्क्स आइन्स्टाइन् जस्ता प्रतिभाशाली कति पायौ
यी थोरै नाम हुन् यस्ता कतिले ससारमा रोई रोई
दिंदै आफ्ना जीवन परिचय माताको शङ्का धोई
हाम्रो नाम राखेको सम्झी
चित्त बुझाऊ !
आँसु पचाऊ !
सहू !
रहू !
है !”
यति भनी गालाको आँसु पुछिदिन लागे जब सूर्य
हिमाल दाँत देखाई पृथ्वी हाँसिन छर्दै माधुर्य ।
हुरीको गीत
क.
प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,
ख.
गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल!
विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,
ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,
पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,
क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,
नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,
अन्त र आदि, शून्य र सृष्टि,
लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी।
ग.
शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,
भँवरी धूलि मिल्केको सारी,
बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,
लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,
म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,
भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल!
सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर!
घ.
सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,
म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,
चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,
त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,
म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,
कालको बाली–काटनी साकार, ऋतको अन्तको देन।
ङ.
पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,
तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,
धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध!
सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,
विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,
मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी!
प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल,
प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल,
मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी,
सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी
उग्रलाई अभिसारी,
ख.
गाउँदछु, पागल वेदना हाँसी, फोहोर हावाको बेताल!
विषमको खाडी जन्मस्थल मेरो, रोएर जन्मेथें हूँ, हूँ,
ध्वंसिनी दूत्तिका विधिको बनें, दर्दको आत्मा के कहूँ,
पखेरु नागलाई कोर्रा दी हाँक्नु विकास–आकाश–पथ,
क्रोधको दिव्य सुषमा मेरो, वेगको आत्मा नै रथ।
रोएकी सृष्टिकी रु हूँ
नाश र निर्माण चक्रका मेरा बाफका उठ्दछन् धूलि,
नागिनी झिल्का झिल्केर ठुँग्छन् निशाका उरमा, दी शूली।
चीत्कारी उठ्छ अँध्यारो बाक्लो, प्रलय चाख्दछ एकबार,
अन्त र आदि, शून्य र सृष्टि,
लुका र मारी खेल्दछन्, क्षण–क्षण झल्केर, निभेर संसार
नृसिंह–भ्रुकी खुम्चाझैं वाष्पिल गरादार घनकी घारी।
जसको नाच तूफान वर्षा, त्यही हो मेरो खेलको बारी।
ग.
शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा
दिनको स्वर्णिम शहीदी च्यानमा वर्षन्छन् जल भै तारा
जराको वैरी, बढार्छु बैरी सडल दलको देश।
सङ्क्रान्ति ज्वर हूँ प्रकृतिको जो बर्बर छु किटेर दाह्रा।
कन्दरा–नूपुर वनकाली छमछम, भूर्भुवः स्व को ताली,
भँवरी धूलि मिल्केको सारी,
बहुलाही बनी गीत गाउँछु फाँडी सृष्टिको पाकेको बाली,
लङकामा नाचें, भारतमा नाचें, समर–प्राङ्गण मेरो।
ध्वंसका सारा श्रृगाल गाउँछन् लप्काउँदा लागाको फेरो।
म नीलकाली, रक्तिम जिह्वा, म चिरभोकी र प्यासी,
म चिरलाञ्छित मानवताको ज्वलनको तुमुल राशि,
भीषण सुन्दरी शिवका उरमा अधीर पद छन् चञ्चल।
विधिको बाणको वेग छ, मेरो नृत्यमा पृथिवी ढलमल!
सागर–शेष–फणालाई ठाडो पारेर गाउँछु घोर
उत्ताल उराल, प्रलय–सुरले, असि ली बिजुली–डोर!
घ.
सत्यलाई गर्छु अभिषेक भूमा, स्वर्गका झारीका जले,
म नारसिंही शक्तिको माऊ युग–निशा हाँक्दछु बलले,
चण्डीझैं जन्जीर चट्याङ्ग भाँची फुहुन्छ सिंहको वाहन,
त्यो पशुराज जो मेरो कोपले कल्पेथ्यो दण्डको साधन।
म उग्र शिव, म भीम सत्य, भयङ्कर सुन्दरकी देही
कान्तार–सङ्गीत, समर–मन्दिर शक्तिकी अधरकी फेन,
म वायुवादी, खलबल प्राणहरुको भँवरी केही,
कालको बाली–काटनी साकार, ऋतको अन्तको देन।
ङ.
पल्लव–शिशुको केलिको आली ढुक्कुरको प्यारको न्यानु,
तूफानी छालले मुक्ताको शिल्प, पाठालाई आमाको न्यानु।
स्वर्गको पटको पखाल्नी केवल, कोयली–वाणीको निर्बन्ध,
धोबिनी केवल धराको, कुसुम–उरको विन्दुको सुगन्ध!
सत्यका युगमा सपनेर सुत्छु, कलिमा बिउँझेर खेली।
सिकाउँछु केवल चित्रान प्रभात उषालाई जो मेरी चेली।
चिथरो मेरो पछयौरामा, सन्तुलित सुधांशु–ज्योति,
विषम दारी, बन्धन फारी
निदाउँछु नीरव कन्दराभित्र,
मुस्केर स्वप्न–संसारमा छामी सुनझुल्के प्रभातको नाडी!
शाहजहाँको इच्छा
क.
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
रुन्छन् कलकल !
यो तटको, वन छायाछवियुक्त
यौवन, यौवन !
दिवानिशाको छाया अङ्कित,
वियोगमिलनको क्रीडाभूमि,
वृन्दावन !
यो मिलनको रोइरहेको इतिहास !
याद रुँदाको बास !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरूको बतास !
ख.
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्यापछाडि,
खोजी, खोजी,
पौडिरहेछन् जलमा क्रन्दन,
जलमा क्रन्दन
अबोला निशा छ चिहानसरी यो;
कब्र उपरका क्रन्दनसरि,
आँसु बिन्दिए स्वर्गभरी रे,
स्वर्गभरी !
ग.
विश्वको अघिपति रुन्छ यहाँ,
आफ्ना फूलहरूमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियमरूपका
भूलहरूमा ! भूलहरूमा !
आफैं घोची आफ्नो छाती
शूलहरूमा ! शूलहरूमा !
घ.
तिनी सुतिन् यो लहरीमाथि,
सुन्दरता !
जागृति–शिथिला कोमलता !
बोल्थे मुगाहरू, बोल्नै छोडे !
मोती गुड्दथे, वर्षन छोडे !
जलभर दृग छु, जागा राती !
मस्त निदाइन् नित ती साथी !
ओह ! अकेलापन क्या रुन्छ
आकाशभरी !
चकमन्न पारी !
ओड्छिन् कफन जब भू बिचरी !
ङ.
पुरुषको अतिपरुष छ माग के
अति कोमलमा जग–वनका ?
थकित भए जो शान्ति लिनाकन
पार जगतका वनक ?
लाग्यो थकाइ, तिनी निदाइन्।
दोष के तिनको ?
“फर्क” भनीकन रुन्छ सदा मन,
तर हा ! वियोगी जनको !
क्रूर माग हो ! कसरी आऊन्!
नगलोस् पाउ सुमनको ?
अनन्त शान्ति हो जाती !
दुःख दिंदो छु तर म पुकारी !
रातजस्तो दिनको पनि अझ
आज छ मेरो राति !
च.
सुकुमारीको कुन चिर जीवन ?
उपवनमा वा जनगणमा ?
शिखरज्योति झैं सुनधूलीमा चढिरहेकी
झप्प निभिन् ती, क्षणमा !
एक चखेवा रुन्छ असङ्ख्य
ताराहरूको वर्षणमा !
आँखाजस्तो नीलो गगनमा,
गरेर क्षण, क्षण, कणकणमा !
छ.
हात उठाई फैलाईकन, रोई, रूहले
सोध्दछ कोही
“ए सन्नाटाको घोर महावन !
ती लुकेकी खोइ ?”
ज.
अनन्तताको सघन महावन
प्यास चहार्दछ खोजी।
जीवनज्योतिको ज्वाला कहाँ गो ?
अपनाएथेँ जो रोजी ?
अन्धो आँखाको यो तिर्खा
गर्छ मशीहासाथ सवालः
“अमिट खोजले सारा ढोका
खोली हेर्दा, मिल्दछ काहीँ,
दिव्य गुमेको माल ?”
झ.
थिइन् दया ती ! निष्ठुरता म !
आफ्नी ढुकुटी भन्ठानेँ !
मसिना, खस्रा, सारा इच्छा
थन्काएथेँ- अब जानेँ !
ज्योतिभन्दा मसिनी थिइन् ती
माटोभन्दा खस्रो म !
अन्दाज सच्चा गर्न सकिनँ !
प्यारको सेवा हाय ! पुगेन !
लायककदर रहिनँ !
ञ.
यस तटमा छु सागरको म
उस तटमा छौ ए मुमताज !
शाहजहाँ यो छटपट गर्दछ,
पदधूलीमा फ्याँकी ताज !
असीम अकेलापन अब रुन्छे,
ती सब दाना, ती सब दाना
जसले बन्यो यो संसार!
आधा जीवन शून्य विलीन छ,
आधा बग्दछ स्मृतिको धार !
ट.
अनन्त भाग्यको अनन्त अभागी
गरीब शाहको ए दिलताज !
याद धनी छन् रुँदा, सडकमा;
अपूर्व सपना मागी आज ।
रङ्कपनामा सचेत बनेको
मेरो, अमरमा के उपहार ?
संसार चढाऊँ ! जीवन चढाऊँ ?
तुच्छ छ त्यो पनि ए सुकुमार !
ठ.
हाम्रा धन सब माटो धुलिन्छन्!
भावपुतली उड्छन्, भुलिन्छन्!
अमर तिमीमा के उपहार ?
नीरवताले छुन्छे हाम्रो
स्पन्दित दिलको चिर गुँजार !
क्रन्दन, पुकार !
छायाचित्र यो संसार !
ड.
लाचारीका झोँक्का पलकमा जल गुड्दछन्!
इच्छा रङ्गिन्छन्, उड्छन्!
केवल अमर कलाको इङ्गित
नाघ्दछ देश र काल अपार !
मिली सुत्यौँ यस जगतिर भन्ने,
मिली उठ्यौं उस जगतिर भन्ने
भस्म-मस्मको विवाह जनाउन,
मूक हृदयको गुञ्जार सुनाउन,
शिल्पन लाउँछु एक अद्भुतको,
साजा एउटा शयनागार ।
यस जमुनाको क्रन्दन–किनार !
ढ.
कालले कहिल्यै यस्तो मीठो
फूल टिपेन !
टिपिएपछि पनि जसको सुगन्ध,
भूमण्डलको स्मृतिमा गुँज्दछ,
गुँञ्जिरहला,
सक्झनुलाई धनी बनाई ।
भविष्यले तर सोध्ला निरन्तर,
मेरो आत्मासँगमा निशिभर,
“के चढाइस् आँसुसँगमा
तिनलाई ?”
ण
धनी खरानीउपर शिल्पको
रानी झुकून् रोई ।
त्यो माटोमा अमरलताका
जराहरूको ज्यान फिजाउँछु ।
प्यारका जलकण तिनका बीउ
आद्र दृगले बोई, बोई !
काल विजेता ताजा मरमर
प्रेमले मन्त्रोस्, अपूर्व छिनाहरू
जलले धोई ।
अपूर्व स्मारक कलिलो उठाउँछु,
साथ सुतौंला अनि दोई !
त.
तरलताले छाओस् मरमर,
स्नायुसजीव र कोमल, सुन्दर !
एक लयका सुरका चोट
सचेत छिनाले काटून् तिनभर-
मोती झुल्ने लतिका फुल्दा,
रोदन दिलभर !
विहाग रागको आत्मा साकार,
चिर गुञ्जनले रचियोस् आगार,
रोदनको झैं घर !
रुदित बनोटको स्वपना उज्यालो
मरमरमा !
शाश्वत स्मारक वियोग–व्यथाको,
सुन्दरतामा !
युगयुग प्यारका हृदयहरूले
पाऊन् स्पन्दन, प्रेरणा, गुञ्जार !
प्यारको स्वपना, प्यारको भेटी,
मरमर आत्मा मृदुल चढीकन
पघलोस्, विलपी
जमुना-किनार !
थ.
कला अगाडि सम्राट्को होस्
ताज रे झिलझिल उपहास !
मटीहरूमा शिल्पित मन्दिर
टिक्दछ भन्दछ इतिहास !
उपलाङ्कित एक दिव्य काव्य होस्!
अमिधा ताज !
जिन्दगी औ मृत्यु जसका
जिल्द हुनेछन् खास ।
द.
रूपद्वारा सङ्गीत रुलाऊँ !
साकार विलौना हत दिलको !
मसृण छिनाले मीँड बजाऊँ
रुदित भावको दिलको !
पाषाण बनोस् एक स्वरलहरीझैं
एक वियोगी बुलबुलको !
याद दिने होस् निर्माण पुनीत !
जमुना बन्लिन् मेरो गीत !
ध.
शिल्पित उपलको बेलीवनमा,
यो रुह बुलबुल,
घनले निलेकी शशीकन सम्झी,
बोलिरहला युगका यात्री-
सामु, दिलको पीडा, खलबल !
न.
मेरा दृगका मोती सीमित !
सारा नजरका मोती मागूँ !
मोती भिखारी भई यस तटमा,
जुगजुगका सब प्यारहरूका
गहिराइका दाना, दाना,
बटुलूँ, राखूँ !
दुनियाँ डाकूँ !
भविष्य ! तेरो उपहार निरन्तर
रोई, मागूँ !
प.
व्योमको गुम्मज प्यारको गुम्मज !
यी पृथिवी हुन् अविरल जलकी
शिल्पकला !
यी लहरा हुन् प्यारका तृष्णा,
सरिताका यी सुन्दर चेली,
बेली, कलिला !
यी कुसुम हुन् विश्वशिल्पी प्राणपवनले
कुँदिई बनेका चट्टान, शिला !
निशदिन बत्ती सामु भला !
सृष्टि हो यो परमेश्वरको
स्थायी स्मारक कोही निम्ति !
असीम ! अगम !
के रुँदैनौ तिमी पनि एकला
निशिमा भन रे ?
शवनम ? शवनम ?
फ.
निद्रित बुलबुल त्यही अघि बोलून्,
मानव दिलका !
स्थान, कालका सीमा नाघून् पङ्खहरूले पलका !
मेरो होइन, प्यारकै होस् यो शयनागार !
मुमताज, होइन, सौन्दर्य
सुतेर सपनून् जमुना-किनार ।
सागरतृष्णा बोलिरहोस्,
रोई दुगुर्दी जलधार ।
ब.
प्यार नै हो धम्म(र्म) महान् !
सुन्दरतम !
सुन्दरतम हो ताज रे ईश्वर !
मार्ग भक्ति हो !
भेटी शवनम !
सुन्दरको नै, आत्मा सुन्दछ,
मसिनो आहट !
शेष सृष्टिबाट छ त्यसको
दिलमा अनौठा बोलावट !
तृष्णा गति हो !
आशा इशारा !
आत्मा आत्मालाई चिनाउँछ
सलिल किनारा, सलिल किनारा !
म उक्लन्छु, ती ओर्लन्छिन्!
इश्ल मिलन हो ! इश्ल मिलन !
याद भजन !
स्मारक, पूजन !
बिन्दु, बिन्दुका माला !
हावभाव हुन् हाम्रा नट !
सब धम्म(र्म)को हो आत्मा प्यार !
वेद, कुरान हो
जलको घट !
भ.
पुतलीको यो बत्ती पछिको
छटपटलाई स्मारक होस्!
जमुनाजल यो सागरसम्मन्
प्रेमकथाको प्रचारक! होस्
चाँदनीको स्वर्ग मोहनी
पत्थर उरको दारक होस्।
अछूत उँचाइमा अवलम्बित श्री
यसको भावविचारक होस्!
संसारको यो पत्थरमाथि
एक शाहको जलको अङ्क !
ताजमहल होस्! जगभर जाती !
आदर्श, बिना एक सानु कलङ्क !
सुषमाप्रति यो चिर वन्दन !
साथ सुतौँला युगयुग साथी !
मानव दिलमा विश्वधम्म(र्म)को
दिई निरन्तर स्पन्दन !
पाषाणहरूमा भाषा भरुँला,
चूप सुती निशिदिन !
स्रोत-इन्द्रेणी(१:६),२०१३
महापुरुषको सङ्गत
'जब भयो राती अनि बुढी ताती' भनेझैँ जब कालले पासो हाल्दै ल्याउँछ, अनि मान्छेमा ज्ञानगुनको चासो लाग्दै आउँछ। पहिले सालीका आसक्तहरु पछि कालीका भक्त हुन्छन्, पहिले खन्तीराजमा बदानामी कमाएकाहरु पछि सन्त महाराज भई रामनामी गुन्न थाल्छन्। संसारै यस्तै छ। त्यसैले आफू पनि उस्तै। साठी नपुगुन्जेल पाठीको घिच्रो पनि निमोठियो, लाटीको तघ्रो पनि चिमोटियो। कसैको घाँटी अँठ्याइयो त कसैको गाँठी जिब्ट्याइयो। कतै जोरै हात लम्काइयो त कतै सोह्रै भाइ झम्काइयो। जब आँट मर्दै र दाँत झर्दै आयो अनि बल्ल घट्टमा घाम लाग्यो- ए! महापुरुषको सड्गत त गर्नै पर्ने! मर्ने बेलामा बूढाबाले भनेका थिए-"अरु थोक नसके पनि महापुरुषको सड्गत त गरेस् है बाबू! ज्ञानगुन पाइन्छ, स्वर्ग जाइन्छ।"
तर महापुरुष पाउने कहाँ? यसै त देशको जनसंख्यामा स्त्रीकै भन्दा पुरुष्को सड्ख्या कम छ। त्यसमा पनि लाहुरे भएर विदेशमा रत्तिएका, दाउरे भएर स्वदेशमै लत्तिएकाको के भाउ? यो बाहेक जति छन् तिनमा पनि जमानाको जाँतोमा सभ्यताको सातु पिन्दा पिन्दै जिड्ग्राएको झ्याउरे छन्। त्यसैले कुरै गर्ने हो भने यहाँ पूरापुरुषकै भन्दा लघुपुरुषको संख्या धेरै होला। महापुरुषको त कुरै छोडूँ।
तैपनि पहिल्यै हरेस खाएर त भएन। त्यसैले एक दिन बिहान टौवामा कौवा नबास्तै गौवाको बासी पानीले पूजा भूजा चामचुम पारेर निस्केँ म महापुरुष्को सड्गत गर्न।
हाम्रा भेगका लम्बरी पण्डित पनि त महापुरुषै हुन्। उनका नामै मात्र हुदाँ हुन् १०८। कुराकानी गर्दा प्रत्येक वाक्यमा 'जो छन् सो' जोड्ने हुदाँ कोही उनलाई 'जो छन् सो पण्डित' भन्थे। 'घिउ चिनीबिनाको खाना बोक्सीको दाना' भन्ने उनको सिद्धान्त भएकाले कोही उनलाई 'घिउ चिनी' बाजे भन्थे। यस्तै दाँत उछिट्टिकोले केटाकेटीहरु 'दन्तुरे बा' भन्थे त खुट्टो अलि खोच्याउने हुनाले ठिटाठिटिहरु भन्थे- 'खन्तुरे बुढा। जजसले जे भने पनि उनी थिए धर्मशास्त्रका नम्बरी पण्डित। जरसाहेबका खोपी देखि बाख्रे बुढीको झोप्रा सम्म सबै उनका जजमान सबैकहाँ उनको सम्मान त्यसले श्रीगणेशाय नम: मैले पनि ताँके उनकै दलान।
बूढा जवाँमर्दै हुन्, त्यति सबेरै पुसको ठन्डीमा पनि मन्डी ओढेर चन्डी भटभटयाँउदै गोडमा भुसा काटिरहेका। मैले पाउलागी गरेपछि मन्डी फालेर रामनामी बेहि्रदैँ चिप्लो स्वरमा सोध- "कताबाट जो छन् सो आइस् त नानी! तीर्थव्रर्त जो छन् सो त केही आँटिनस्? मैले भनेँ मर्ने बेलामा केही ज्ञानगुन पाइन्छ कि भनेर हजर जस्ता महापुरुष्को सड्गत खोज्दै हिँडेको बा!"
बूढाले मलाई हप्काउँदै भने- "मर्ने बेलामा त जो छन् सो दसदान गर्नु बृषोत्सर्ग गर्नु, सप्ताह लाउनु, शय्यादान गर्नु पो पर्छ त जाबा। दानबिनाको ज्ञान जो छन् सो मकैबिनाको घाट जस्तो हुन्छ बुझिस्।" उनी मलाई बुझाउँदै थिए, नजिकै बाँधेको भैँसीले गोबर लतपतिको पुच्छर हल्लाउँदै बुढाको मुखैमा छ्याप्प हानिदियो। हत्त न पत्त रामनामीले दाह्री पुछे, अकस्मात् हाँछिउ आएर तमाखुका धूवाँले धैँस्याएका जुँघामा नागपुरे पालिस थोपरिदयिो। त्यहि बेला एक जना गाहकी गोरु खोज्दै उनको गोठभित्र आइपुग्यो। जुघाँ मुसार्दै बुढाले भने- "हिजो एक जना पिशाचकहाँ जो छन् सो सत्यनारायणको कथा भन्न गएको, अमिलो ट्वाक दही जो छन् सो खान दिएर रुघा जो छन् सो लागिसक्यो।"
गाहकीले यतिन्जेल गोरु हेरिसकेकाले मोलमोलाइ चल्न थाल्यो। बूढाले एकैचोटि कुरा सिद्याउन खोज्दै भने- "शास्त्र जो छन् सो बाहुनले गाईगोरु जो छन् सो नबेच्नु भन्ने लेखेको छ, त्यसैले ५० दिन्छौ भने लैजाउ जो छने सो नत्र म गोरु बेच्तिनँ।" गाहकीलले साह्रै बूढो भएकाले ४५ देखि दिन नसक्ने राय प्रकट गरेपछि बूढाले च्याँटि्ठर कुरा थपे- "अलि बूढो भएपछि जो छन् सो गुज्राँतीको खच्चड हो! कसो नानी?" आफ्नो मुखतिर तोकर सहि मागेपछि मैले पनि बोल्नै पर्यो। भनिदिएँ- "यस्ता ऋषिजस्ता महापुरुषले पनि ५ रुपियाँको निम्ति झूटो बोल्छन्? गोरु जातकै हो।" गाहकी भन्दथ्यो- "यो गोरुको पनि दाह्रीजुँघा हुँदो हो ता बाजे जस्त ऋषि देखिन्थ्यो होला।" यो सुनी रन्किएर भैँसीलाई भुसा कोच्याउँदै उच्चा स्वरले चतुश्लोकी भागवत पाठ गर्न थाले, मचाँही जुरुक्क हिँडे घरतिर।
ढुड्गो खोज्दा देउता मिलझैँ सच्चा महापुरुष त आफ्नै पिढिँमा पो प्रकट भएका रहछन्। सोझो मनले चिताएपछि 'तँ चिता म पुर्याउँछु' भन्छ रे दैवले नत्र त पशुपति तिरका स्वामी मेरो झुप्रोमा कसरी प्रकट हुन्थे।
उनका पनि त नाम थुप्रै थिए। सन्तान नभएका आईमाईलाई सन्तान हुने जन्तर बाँध्नमा प्रख्यात भएकाले धेरै उनलाई 'सन्तान गिरी' भन्थे। तर कोही चाँही बाली उठाउन घर घर हिँड्ने हुदाँ 'फटफटानन्द' भन्थे त कोही पार्टी प्रचारमा गाउँ गाउँ चाहार्ने हुदाँ 'चटपटानन्द' पनि भन्ने गर्दथे। वास्तवमा उनको सक्कली नाम थियो- स्वामी सद्गुणानन्द षड्शास्त्रोपाध्याय। उनको खान्की जग्गाको सानु टुक्रा आफुले पनि कमाएकाले आफ्नो त साक्खै तल्सिङ पनि।
महापुरुष प्रकट हुनाको कारण खोतल्दै थिएँ- उनले बालीको कुरा झिकेर आफैँलाई हपार्न थाले बा! आडमा गेरुवा रेशम, हातमा बेरुआ औँठी लगाएका माहात्मलाई मैले तिनुपर्ने पाँच पाथी धानको त्यत्रो मोह। तैपनि मैले आफ्नो मनको बह फोएँ, ज्ञानको निम्ति रोएँ। अनि आफ्ना महापुरुषार्थहरु उनले मलाई निकै सुनाए। एउटा मोहीले दुई पाथी कोदो बुझाउन ल्याएको थिए रे, उनको पालो घरैमा गएर त्रिशुल चखाइदिएपछि थुरुथुर कामेर भोलिपल्ट ल्यायो रे। एक पटक सेठकहाँ उनले यस्तरी गतिाको प्रवचन गरे रे कि त्यो प्रवचन सुन्दा सुन्दै मुग्ध भएर एउटी आइमाइ उनको काखैमा लड्न आइपुगि रे। यसबाहेक उनले कतिपल्ट आफ्नो हातमा आइसकेको मन्त्रीपद छाडेर जनताको सेवा गर्न गुठी बिर्ता संवद्धन परिषद् खोलेको र आगे साल जिल्ला पञ्चायतको चुनाव लडेर आफ्नो संस्थाको अधिवेशन गर्न आँटेको कुरा पनि बताए। उनको पुरुषार्थ सबै सुनेपछि मैले पनि उनको संस्थामा सदस्य हुने भाका राखी दहीचिउरा ख्वाउँदै बालीको कुरा छल्न खोजेँ, तर हिँडेने बेलामा उनले भने- "ज्ञान लेना है तो कल धान लेके आइए, नही तो मोहीयानी मिलेगा दूसरेको।"
यसरी दुईतिरबाट निराश भएपछि मैले निश्चिय गरेँ- गोपी गुरुकै गोडा किन नसमातूँ! सक्कली महापुरुष उनी पो त! राधाको झैँ सिउँदो, रक्मिणीको झैँ अलख टूपीमा अत्तर, जुँघामा कलप, गलामा सिक्री, गालामा फाः गुरुजीको पैह्रन धोती र दोसल्ला। कलिमा जन्मेर मात्रै अलि लीला बढ्न सकेन, द्धापरमा जन्मेका भए कृष्ण माथिका उपरकृष्ण हुन्थे होलान् हाम्रा गोपी गुरु।
दरबारै भने हुने उनको 'कुटी' मा पुगेपछि आफू त वृन्दावनमा पसेको मुसो जस्तै अक्क न बक्क भएँ। अघिल्तिर कन्या साथमा सधवा, पछिल्तिर सयौँ बूढी र विधवा राखेर गोपी गुरु सुनाउँदै रहेछन् गोपिनीको चीरहरण। मैले सम्झेँ, एउटी आइमाई मान्ने हामी त पुरुष कहिन्छौँ भने यतिका आइमाईले पत्याएका गोपी गुरुलाई महापुरुष नभन्ने को? पुराण सकिएपछि गुरुको चरणविन्दमा आफ्नो अभागी पुर्पुरो टेकाउँदै मैले भनेँ- "म एउटा ज्ञानको भोको महापुरुषको सड्गत गर्ने धोको लिएर आएको छु हजुर?" पुराणका भेटीघाटी बटुलेर पोको पार्दै गुरुले भने- "लौ सधैँ यहाँ आएर भक्तभक्तिनीको सेवा गर्नू। गुरुको आज्ञा हुनासाथ एउटी भक्तिनीले मुज्याएको फरिया दिदैँ मलाई भनिन् यति पछारेर ल्याइदिनोस् त बूढा बा!" मलाई जङ चलिसकेको थियो तैपनि सुनेको नसुन्यै गरेर चल्दिएँ।
अनि मलाई लाग्यो- 'जसको धनधान्य उही सर्वमान्य' जाउँ कालु साहूकहाँ नै, ऊ पनि त एउटा महापुरुषै हो।
अस्तीसम्म नालुको जुत्ता लगाएर आलु बेच्न जाने तालु खुइलिएका कालु साहूलाई अहिले ठालु भयो भन्दैमा महापुरुष कसरी भन्नु? भन्ने तर्क पनि आउला, तर ऊ लघुपुरुष हुँदो हो त लक्ष्मीले कसरी पत्याउँथिन्। स्वाँठ भएर अरुलाई लछार्ने भए पनि टँवाट पिएर सडकमा पछारिने भए पनि क्याँट हुने मान्छे महाजनै गनिन्छ। यसको क्याँट कताबाट कसरी बटुलियो भन्नेतिर किन सोचिरहूँ? यसरी भित्रभित्रका कुरा खोतलने हो भने कसका केके देखिन्छ केके।
घरमा पुग्ने बित्तिकै साहूजीले चुरोट टक्य्राउँदै सत्कार गरेर छोराछोरीले पैसा उडाइदिए भन्ने दुःख प्रकट गरे। अनि कुरैकुरामा आफ्ना कुराको बासा खोल्न नपाउँदै उनले साउती गर्दै भने- "म चाहिने जो तपाँइकहाँ आउँदै थिएँ, चाइने जो म बद्री दर्शन गर्न चाहिने जो जाने अठोट गरेको छु, चाहिने जो पशुपतिको जात्रा सिद्राको बेपार भन्दछन्, चाहिने जो दुई चार वटी केटीहरु पाए जाहिने जो नोकरी लाइदिन्छु भनेर ल्याइदिनुभए चाहिने जो, जो मिलेको आधाआधी गरौँला।" साहूका कुराले म छक्क परेँ। मेरा महापुरुष फेरी भन्दै गए- "चाहिने जो सोझो औँलाले घिउ आउँदैन, चाहिने जो यत्रो श्रीसम्पति चाहिने जो आलु बेचेर मात्र अथवा चाहिने जो कुटो कोदालो गरेर मात्र चाहिने जो कमाएको ठान्नुभएको छ? चाहिने जो लक्ष्मीको ध्यान गर्नेले चाहिने जो मौकामा गाई पनि मार्नुपर्छ, भाइ पनि मार्नुपर्छ। चाहिने जो बिरालीको घिउ बेचर भए पनि बुहारीको जीउ बेचेर भए पनि चाहिेन जो ढुकुटी भर्नुपर्छ बाजे! यस कालमा।"
साहूका यी कुराले झनै बिरक्त्याए मलाई। अनि सोचेँ- "अब यस्ता थोत्राथोत्री केलाउन नलागूँ भाइ! खोजौँ जमानाअनुसारको महापुरुष यहि विचारले रातभरी गम्दा गम्दै महापुरुष ठहरिने गए मिस्टर डह्याल बौ।
उनका बाबु थिए गणपति दाहाल बाजे भनेपछि निष्ठाकर्ममा नेपाल वर्णाएका। उनैका छोरा हिन्दुस्तान छउन्जेल दाहालबाबू भनिन्थे, अहिले अमेरिका गएपछि 'मिस्टर ड्याहाल बौ' भएर फर्केछन्।
अमेरिकालाई उहिलेको नागलोक, अहिलेको कुबेरलोक भन्छन्। त्यस्ता ठाउँमा झण्डै दुई बर्ष पढेर आएकालाई महापुरुष नभने कसलाइ भन्ने?
म पुग्ने बित्तिकै उनको छोरीले भनिन्- "ड्याडी ब्रेकफास्ट गर्दै, हुनुहुन्छ एकछिन 'वेट' गनुपर्यो" तर उसले भनेको कुरा नबुझेर म सरासर माथी उक्लेँ। छोरा पुजाचौकामा बसेर बूढा बाबुले भागवत राख्ने खटियामा पुजासामा हाल्ने तामाको प्लेट राखेर सन्जे भन्दा पानी अचाउने आचपानीले चिकेन पुलाउ खाँदै रहेछ। मलाई देख्ने बित्तिकै उसले पनि- "ड्याडी ब्रेकफास्टमा, ममी बाथरुपमा तपाँइ एकछिन 'वेट' गर्नुस्" भन्यो। म जिल्लिदै थिएँ मिस्टर ड्यालबौ 'आई सी' भन्दै ओर्ले। ससाना केटाकेटीलाई पनि अँग्रेजीको राम्रो तालिम दिएकोमा म धन्यवाद प्रकट गर्दै थिएँ, उनले भने- "आइडिया छ, चिल्ड्रेनलाई चाइल्डहुड देखी नै नेप्लीज ल्याड्वेज बोल्नै नदिएर बोलाउँदै लान पाएपछि यीनको 'प्रोनाउन्समेन्ट' 'करेक्ट' हुन्थ्यो।" सबै कुरा नबुझेपनि मैले बिच बिचमा 'हजुर' चाँही भन्न छोडिँन। त्यताबाट थाले उनले अमेरिकाको वर्णन। सडक, पर्खाल, रेस्टुराँ, चियाको कप देखि लिएर टेलिभिजन र टेलिस्टार सम्मको वर्णन सिध्याएपछि दुख प्रकट गर्दै उनले भने- "के गर्नु र यहाँ एउटा 'हिटर' र 'रेफ्रीजेरेटर' पनि पाइन्न। नेपाल एउटा 'कन्ट्री' नै हैन बुझ्नु भो?" मैले ठाडो उत्तर दिएँ- "बुझेँ।" अनि उनले नेपाललाई उन्नतिशील गराउने हो भने यीयी योजना बनाउनुपर्छ भनी आर्यघाटमा बाँध बाँध्नदेखि लिएर चाँगुको ढिस्कोबाट रकेट उडाउने सम्मका उनका योजना सुनाए। दुई घण्टा आफ्नो पुरुषार्थ, दुई घण्टा योजना, दुई घण्टा स्वदेश र संस्कृतिको निन्दोचर्चो, दुई घण्टा अरु फाटफुट कुरा गरिसकेपछि उनले भने- "आई सी तपाँई किन आउनुभएथ्यो सोध्नै बिर्सेछु।" त्यहि बेला उनकी नयाँ दुलहीले चिया ल्याइहालिन, फेरी चल्यो दुलहीको परिचय। किन र कसरी ल्याइयो भन्ने विवेचना। उनी रहिछिन् इन्डो अफ्रिकन केटी, पहिले कता एयर होस्टेस थिइन् रे, पछि पहिलो लभरले धोका दिएपछि कुन्नी कुनचाँही थर्डक्लास होटलमा बसिरहेकी। देशी दुलही भएकीले एउटा धम्मरधुसको छोरो नाफा पनि आएको रहेछ उनलाई।
यी सबै कुरा सुनपछि आधुनिक महापुरुषको सड्गत पनि ज्ञानगुनकै हुने रहेछ भन्ने ठानी आफ्नो कुरा नखोलीकन म फर्केँ। फर्कदैँ थिएँ, नयाँ सडकमा हात समाउन आइपुगे चरिचुच्चे काजी। अघिअघि महापुरुष खोज्न मान्छे पशुपतितिर जान्थे, अचेल नयाँसडकमै जस्तो खोज्यो उस्तै मान्छे पाइन्छिने। झन् उनको त स्थायी अस्थायी दुवै ठेगाना नयाँसडक भनिदिए हुन्छ।
चुच्चेचुच्चे अनुहारका चरिचुच्चे काजीलाई चचिन्ने मान्छे विरलै होलान्। उनी के हुन् तर? भन्ने भन्दा के होइनन् त भन्ने प्रश्न पहिले उठ्छ। नेता होइनने भनूँ, कतिवटा पार्टीको प्रचारमन्त्री चलाइसके, अभिनेता होइनन् भनूँ, चारवटा नाटकमा विदूषकको पाठ खेल्ने उनै। कवि होनने भनूँ, कवि सम्मेलनमा उनकै डाँको ठूलो, विद्धान होइनने भनूँ, जुन बेला भेटे पनि उनी ट्युसनमा जान लागेको भन्छन्। यति मात्र होइन, बुझक्कडमा उनी यतिसम्म थिए कि, बटु टोलदेखि गुच्चा टोलसम्म कसकसका घरमा हालत के छ, कसकसको ल्याकत के छ, सबै उनलाई सँधै कण्ठस्थ। बोलक्कड यति थिए कि आफू बोल्न लागेपछि बिग्रेको रेडियोझैँ चार घण्टासम्म एकनास भटभटाइरहन्थे। अब यस्तो बहुमुखी प्रतिभासम्पन्न मान्छे भेट्टाएपछि म अर्को महापुरुष खोज्न कहाँ गइरहुँ भन्ठानेर मैले भनेँ- "अहो काजी म तपाँइलाई खोज्दै हिँडेको।" काजीले फूरुक्क परेर भने- "लौत उसो भए एक कप चिया ख्वानोस्।" गङ्गाजलले सूर्यलाई अर्ध्य भनेझैँ महापुरुषलाई एक कप चिया को नख्वाउँदो हो।
रेस्टुराँमा पुगेपछि उनले चिया मात्र होइन चाउ चाउ, चमचम, चप, चिकेन आदी चौध थोकको अर्डर गर्दै गफ छाँट्न थाले। आफ्नो साइकिलको ट्युब पड्केको देखि लिएर हिरोशिमामा अणुबम पड्केको गफसम्म छाँटिसकेपछि उनले भने- "तपाँइले किन भेट्न खोज्नुभएको हो कुन्नि, मलाइ अहिले मन्त्रीकी छोरीलाइ पढाउन जान बित्यो, कृपया भोलि यसै बेला यतैतिर भेट्नुहोला। उनकै चाला देखेर एकछिन त म जिल्ल परेँ, तर महापुरुषलाई एक पेट मजैसँग आफ्नो पैसाले खुवाउन पाएकोमा सन्तोष पनि लाग्यो। उनि हिँडिसकेपछि पैसा सैसा तिरेर बाहिर निस्केको, 'साइकिल चोर, साइकिल चोर' भनि कराउँदै सबै दगुर्न थाले। एकछिनपछि हुलमा पसेर हेरेको त आफ्नै महापुरुष पो साइकिल चोरमा पक्रिएछन्। एकपटक त माया पनि लाग्यो, तर के गर्नु फुटपाथमा साइकिल अड्याएर किनमेल गर्न लागेकी एउटी महिलाको साइकिल उडाएछन् चरिचुच्चे काजीले त।
महापुरुष ठानेको मान्छेले त कुदाउने परे पनि कमसेकम मर्दाना साइकिल त कुदाउनु पर्थ्यो, हेर विचित्रता भन्ने सम्झदैँ आधारातमा घर पुगेँ। अघिपछि भएको भए भात कुहाए बापत बूढी पन्यूँ लिएर झम्टन्थी होली, तर अहिले त महापुरुषको सड्गतमा लागेको उसलाई थाहै थियो।
कहिलेकाँही जहानबाट पनि महान् कुरा निस्कन्छन् भन्थे, नभन्दै घरकी बूढीले एउटा जड कुरा झिकी- "महापुरुष खोज्न पनि लुखुरेले केटी खोजेझैँ जहाँ पायो उहीँ लरखराएर हुन्छ? पस्नुपर्छ सिंहदरबार" कुरा ठिकै हो। पढे गुनेका र देखे सुनेका जति बटुलिने ठाउँ सिंहदरबारबराबर अन्त कहाँ होला र? फाँइफुट्टीराज मन्त्रीदेखि सुँइखुट्टीदास पालेसम्म उहीँ पाइन्छन्। त्यसैले होला मर्न आँटेको स्याल पनि एकछिनलाई सिंहै बनेर गर्जन्छ भनी अनुभवीहरु भन्छन्। त्यस्तो ठाउँमा पुगेपछि महापुरुष पाइन्न कि भन्नु त स्वर्गमा देवता पाइयोनन् कि भन्नुजस्तै असम्भव शड्का हो। त्यसैले आनेकाने कौनै कुरा नहेरी भोलिपल्ट पसेँ उहीँ।
पस्न त पसिहाँले त कताकता! सर्दारसाहेबको दाह्रीमा पसेको जुम्रा झैँ घरी यता घरी उता गर्दा गर्दै आधा दिन त्यसै बित्यो। अलकापुरीमा कुन देवता, कुन जनता भनेझैँ बडे बडेमानको टेबुल अगाडी राखी गजवक्त्र गणेशझैँ गजक्क परिरहेछन्, अब म कुनचाँही महापुरुषलाई समात्ने हो। तै अजिड्गरको आहारा दैवले पुर्याउँछ भनेझैँ एउटा कोठामा झुलुक्क देखिए हुक्के सुब्बा। हुन त उनी अहिले सुब्बा मात्र होइन, सुब्बाभन्दा माथिका उपरसुब्बा भइसकेका थिए। तर उहिल्यै सिमसिमे मन्त्रीको पालामा उनको हुक्का समातेर सेवा गरेबापत एकै पटक सुब्बाड्गी पाएकाले अझै उनलाई भन्थे हुक्के सुब्बा। हात मल्न र 'हस्' बोल्नमा उनको नाम चार भन्ज्याडभरि प्रख्यात थियो, त्यसैले आफ्ना लोकदेखि ससुराली लोक सम्म हुक्के सुब्बा आए भनेपछि गरिबगुरुवा, राँडी, विधवा, सबै थर्कमान हुन्थे। कमाइ पनि घागडान, जमाइ पनि घागडान भएका यस्ता साहेबलाई छाडेर अर्को महापुरुष को खोजीरहोस् भनि म पुगेँ उनकै अगाडी। तर कुर्सी कुर्सीमै तेर्सिएर स्वप्नलोकमा पुगेका रहेछन्। अफिसरजस्तालाई अफिसमै निदाए भन्नु कसरी? हुन सक्छ मध्याकालीन समाधिमा थिए हुनन्, महापुरुष न ठहरिए। त्यसैले समाधिमा बाधा पारिदिनु ठीक छैन भनी म ठडिएर कुरिरहेँ, उनी तेर्सिएर घुरिरहे, निकै बेरपछि आँखा माड्दै उनको समाधि टुट्यो। चुरोट टक्याउँदै दर्शन गरेँ।
उनले मलाई नचिनेका त होइनन्, तर पनि महापुरुषले जो पायो त्यहिलाई कहाँ सम्झिराख्छन् र। सबै नाउँ गाउँ सोधे, मैले नालिबेली लगाँइदिएँ। आलपिनले दाँतको लुई कुट्याउँदै उनी भन्न थाले- "कहाँ भन्नुहुन्छ तपाँइको मन्त्र चलाउने ल्याकत र हिम्मत भएको मान्छेलाई तपाँइको दर्जा परिरहेछ चानचुने। त्यसैले तपाँइको काम गर्ने जाँगर चल्दैन।" त्यसपछि ०७ सालदेखि ०१६ सालसम्म कुन कुन मन्त्रीले उनलाई के कस्तो स्याबासी दिए भन्ने बेलीवृत्तान्त सुनाउँदै साहेबले फेरी भने- "के गर्नु तपाँइको जागिर सरकारी भएपनि तपाँइको समस्या छ तरकारीको, आफूले तपाँइको नमिठो खाइएन। अचेल त झन् काउलीसाउली भए दुई मुठीको जाउली रुच्छ, साग भए तपाँइको भाग बस्न मन लाग्दैन। यो भूमीका छाँटिसकेपछि उनले भने- "तपाँइको घिउ अलिकति किन्न पाए हुन्थ्यो।" उनि भन्दै थिए चारको घण्टि लाग्यो, दुवै जना उठ्यौ, त्यताबाट ढोकामा नआइनपुग्दै एउटा पिउनले आएर उनलाई चिठी टक्य्रायो। चिट्ठी हेर्ने बित्तिकै बिचरा कालो निलो मुख लगाएर डड्रड् लडे बरन्डामै। पछि पो थाहा पाइयो ..... तहबिलको पैसा मासेर तबेला बनाएबापत उनलाई भ्रष्टाचारको पुर्जी आएको रहेछ।
दरबार पसे पनि घरबार बसे पनि फसादको दशा उत्तिकै। त्यतिका महापुरुष भेट्टाउँदा पनि चित्त बुझाउन नसक्दा मलाई एक दिन झ्वाट लाग्यो ... म स्वयम् पनि त एउटा महापुरुष हुँ, नभए महापुरुष्को यो धुँइधुँइती खोज किन चल्थ्यो? अनि मन बल्ल शान्त भयो। यहाँदेखि बिहान उठ्ने बित्तिकै यी प्रसिद्ध आठ महापुरुषहरको मैले पाठ गर्ने गरेको छु। तपाँइहरुले पनि नबिर्सनुहोला।
Subscribe to:
Posts (Atom)
शाकुन्तल, प्रथम सर्ग
सर्ग:- प्रथम महाकाव्य:- शाकुन्तल महाकवि:- लक्ष्मीप्रसाद देवकोटा चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका । नाच्दी सुन्दर तालले पवनमा देखी फ...
-
👉 स्पन्दन राजा १. ‘समकालीन’ शब्दको अभिप्राय ‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्...
-
सर्ग:- प्रथम महाकाव्य:- शाकुन्तल महाकवि:- लक्ष्मीप्रसाद देवकोटा चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका । नाच्दी सुन्दर तालले पवनमा देखी फ...
-
कला भनेको सृजनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छ र निराकारबाट आकारमा नआउञ्जेल हामीलाई इन्द्रिय...